चक्कु प्रहार गरी श्रीमतीको हत्या
शनिबार, २७ पुस २०८१, १६ : ४०

रुपन्देही । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विषयमा झै-झगडाको क्रममा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल