बागमती अझै ९५ रनले पछि

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबभन्दा ९५ रनले पछि रहेको छ । टोली ८ बिना कुनै विकेट गुमाइ ८ रन बनाएर खेलिरहेको छ ।
बागमती पहिलो इनिङ्समा १ सय १२ रनमा समेटिएको थियो । टोलीले ३३.२ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो ।
टोलीका लागि ईशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ९४ बलमा १० चौका प्रहार गरे । उनी अब्सट्रक्टिङ द फिल्ड भन्दै दुर्भाग्यशाली तरिकाले आउट हुन पुगे ।
उनीबाहेक प्रतीक श्रेष्ठले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रतिश जिसीले ८ रन तथा रित गौतमले ६ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले पुनः एकपटक शानदार बलिङ गर्दै ४ विकेट लिए । उनले ९ ओभरमा २७ रन खर्चिए ।
त्यस्तै, श्रवण यादवले ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट हात पारे । कुशल भुर्तेलले पनि २ विकेट लिए ।
जवाफमा पहिलो इनिङ्समा पुलिसले ४५.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन बनायो । टोलीका लागि अमित श्रेष्ठले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे ।
अर्जुन साउदले ८२ बलमा ७७ रन बनाए । उनले ८ चौका र २ छक्का हिर्काए । त्यसतै, गुलसन झाले १७ रन बनाए । अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
बागमतीका लागि सन्दीप लामिछानेले ११.५ ओभर बलिङ गर्दै ४ विकेट लिए । नन्दन यादव र प्रतिश जिसीले २–२ विकेट तथा रिजन ढकालले १ विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु
-
गिटी, ढुङ्गा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग
-
भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते
-
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
-
फागुनमा महाधिवेशन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान
-
गर्भ निरोधक चक्कीले बढ्छ स्ट्रोक र हर्ट अट्याकको खतरा