बागमती अझै ९५ रनले पछि
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबभन्दा ९५ रनले पछि रहेको छ । टोली ८ बिना कुनै विकेट गुमाइ ८ रन बनाएर खेलिरहेको छ ।
बागमती पहिलो इनिङ्समा १ सय १२ रनमा समेटिएको थियो । टोलीले ३३.२ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो ।
टोलीका लागि ईशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ९४ बलमा १० चौका प्रहार गरे । उनी अब्सट्रक्टिङ द फिल्ड भन्दै दुर्भाग्यशाली तरिकाले आउट हुन पुगे ।
उनीबाहेक प्रतीक श्रेष्ठले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रतिश जिसीले ८ रन तथा रित गौतमले ६ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले पुनः एकपटक शानदार बलिङ गर्दै ४ विकेट लिए । उनले ९ ओभरमा २७ रन खर्चिए ।
त्यस्तै, श्रवण यादवले ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट हात पारे । कुशल भुर्तेलले पनि २ विकेट लिए ।
जवाफमा पहिलो इनिङ्समा पुलिसले ४५.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन बनायो । टोलीका लागि अमित श्रेष्ठले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे ।
अर्जुन साउदले ८२ बलमा ७७ रन बनाए । उनले ८ चौका र २ छक्का हिर्काए । त्यसतै, गुलसन झाले १७ रन बनाए । अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
बागमतीका लागि सन्दीप लामिछानेले ११.५ ओभर बलिङ गर्दै ४ विकेट लिए । नन्दन यादव र प्रतिश जिसीले २–२ विकेट तथा रिजन ढकालले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण