राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । संघले आज विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जनाएको छ ।
वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने भएको हो । संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र निवनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ ।
संघका महासचिव सुमन पुरीले जारी गर्नुभएको विशेष सर्कुलरमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको छ, जसको मूख्य लक्ष्य शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशिता र नविनतामा आधारित योजनाहरुलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने रहेको छ । तसर्थ उक्त कार्यक्रमको लागि तपशिल बमोजिमको मिति, स्थान र समय तथा प्रतिनिधिहरु छनोट गरि माघ ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन हुन मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन गरिएको छ ।’
संघले भेलाको लागि करिव १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने जनाएको छ । प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरु प्रतिनिधि हुने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण