इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
मङ्गलबारे । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ । जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो ।
सालिकको २१ नं बाहिनी अड्डाका बाहिनीपती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा उक्त सालिक अनावरण गरे । सोही गणका कार्यरत जमदार कुलमान सोतीमगरले सालिक निर्माण गरेका हुन् ।
जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीसहित तीन सय ५० बढीको समूह इलाम चोकबजारमा भेला भई बजारस्थित माईस्थान मन्दिर–भ्यू टावर हुँदै गढीथुम्का ब्यारेकमा पुगेर सालिक अनावरण भएको थियो ।
कार्यक्रममा जिल्लाका इतिहासविद् वैद्यसहित अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए । निसान पदमार्गमा सहयोग पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण