दुबईमा गुन्जँदै कन्दरा
काठमाडौँ । नेपाली लोकपप ब्यान्ड अहिले. विश्व टुरमा निस्किएको छ । ब्यान्डले गतसाता बेलायतको प्रसिद्ध ओटु एरिनामा ऐतिहासिक प्रस्तुति दिएको थियो ।
अब ब्यान्ड नेपाली समुदायको बाक्लो बसोबास रहेको युएईको दुबईमा गुन्जने भएको छ । ब्यान्डले १८ जनवरीमा बरदुबईस्थित क्लब एसके सेभेनमा प्रस्तुति दिने भएको हो । युबीओसी हस्पिटालिटी आयोजना रहेको कन्सर्ट दुबईको एकदिन अगाडि जनवरी १७ मा नेपाली श्रमिकको बसोबास रहेको कतारमा गुन्जिनेछ ।
कन्दरा ‘पहिला घरदेश अनि परदेश’ नारासहित केही अगाडि विश्व भ्रमणमा निस्किएको हो । कतारपछि ब्यान्डले हङकङमा प्रस्तुति दिने तय भएको छ । त्यसपछि मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुन क्यानडा र जुलाई–अगस्टमा युरोप, अगस्ट–सेप्टेम्बरमा जापानमा प्रस्तुति दिने बताइएको छ ।
कन्दराको अहिले भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ३२ वर्षे साङ्गीतिक उत्सवका रूपमा सन् २०२५ भरि ब्यान्डले विश्व टुर गर्ने तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण