छिटोछिटो कर्मचारी सरुवा हुँदा कामकाजमा असर पर्यो : अध्यक्ष पराजुली
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छिटोछिटो कर्मचारी सरुवा हुँदा काममा समस्या हुने गरेको बताएकी छिन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा भएको छलफलमा उनले यस्तो धारणा राखेकी हुन् ।
कार्यक्षमताको विषय उठिरहँदा कर्मचारी पनि विशेषज्ञ भए आयोगले काम गर्न सक्ने भन्दै उनले भनिन्– राष्ट्रिय मानवअधिकार आयोगको कर्मचारी सङ्गठन छुट्टै छ । २० वर्षसम्म कर्मचारी त्यहीँ रहन्छन्, सरुवा हुँदैन । तर, महिला, दलित , मधेसी लगायत अन्य आयोगको कर्मचारी छिटोछिटो सरुवा हुने गरेका छन् । विषय बुझ्न समय लागेको अवस्था छ, बुझ्न थालेपछि सरुवा भइहाल्छ ।
विभिन्न आयोगको अध्यक्षमा महिलालाई अवसर नै नदिइएको उनले बताइन् । उनले भनिन्–अहिलेको विधेयकमा ५० प्रतिशत खुल्ला महिलाका लागि र ८ वटा क्लस्टर छुटाएको देखियो । महिला आयोगमा पुरुष अध्यक्ष हुन मिल्ने भए पुरुषलाई नै अध्यक्ष बनाइन्यो होला । यसबाहेक अन्य आयोगमा महिला अध्यक्ष हुनुहुन्न । यतिसम्म कि मुस्लिम आयोगमा, प्राकृतिक स्रोत र वित्त आयोगमा समेत महिला हुनुहुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण