समानुपातिकको हत्या भयो : अध्यक्ष थापामगर
आइतबार, २८ पुस २०८१, १३ : ५५
काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले समानुपातिकको हत्या भएको बताएका छन् । आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
थापामगरले भने, समानुपातिक र समावेशीमा फरक छ । समानुपातिक अनुपात हो, एक गिलास पानीमा चिनी मिसाएजस्तो हैन । संविधानसभा गठनमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष थियो, अहिले त ४० समानुपातिक र ६० प्रतिशत प्रत्यक्ष गरेर झारियो । समानुपातिकको हत्या गरियो ।’
उनले सन् २०१९ मा १४ प्रतिशत निजामती सेवामा आदिवासी समुदायबाट प्रतिनिधित्व भएको बताउँदै अहिलेको गति हेर्दा ३५ प्रतिशत निजामती सेवामा आदिवासीको समानुपातिक सङ्ख्या पुराउन १६६ वर्ष लाग्ने देखिएको बताए । उनले निजामती सेवामा पहाडे तथा एकल समुदायको प्रतिनिधित्व ६१ प्रतिशत रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण