भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत
हैदराबाद । गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । पछि उनी धरौटीमा रिहा भए । अहिले उनले जमानतमा छुट पाएका छन् ।
अल्लु अर्जुन गत डिसेम्बर १३ मा पक्राउ परेका थिए । उनी त्यसको भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनले हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिएन ।
तर, अहिले हैदराबादको नामपल्ली अदालतबाट जमानतका सर्तहरू खुकुलो पारिएको छ। उनी अब विदेश यात्रा गर्न सक्षम हुनेछन् र उनले हरेक हप्ता हाजिरी पनि लगाउनु पर्ने छैन।
आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले आज स्वीकृत गरेको हो ।
चलचित्र ‘पुष्पाः द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो। अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सर्प्राइज दिन त्यहाँ पुगे। अल्लुलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड नै मच्चियो ।
भीड अनियन्त्रित भएपछि धेरैलाई सास फेर्न समस्या हुन थालेको थियो भने धेरै बेहोस समेत भएका थिए । यसैबिच रेवती नामकी एक महिलाको मृत्यु भयो भने उनका छोरा श्रेतेज गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण