नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग घरेलु मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला आयोजना गर्ने भएको छ । नेपालको समेत सहभागिता रहने उक्त त्रिकोणात्मक शृंखला जनवरी ३० देखि फेब्रुअरी ७ तारिख (माघ १७ देखि २५ गते) सम्म सञ्चालन हुनेछ ।
त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखलामा नेपालका अतिरिक्त नेदरल्यान्ड्स र थाइल्यान्डको महिला टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानका अनुसार, नेपालमा महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला आयोजना हुन लागेको यो पहिलो पटक हो ।
शृंखलाको पहिलो खेल जनवरी ३० तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच खेलिने छ । दोस्रो खेल ३१ तारिखमा नेपाल र थाइल्यान्डबिच हुनेछ । फेब्रुअरी १ तारिखमा नेदरल्यान्ड्स र थाइल्यान्ड आपसमा भिड्ने छन् ।
यसैगरी, फेब्रुअरी २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच खेल हुनेछ । फेब्रुअरी ३ तारिखमा नेपालले थाइल्यान्डको सामना गर्नेछ । फेब्रुअरी ४ तारिखमा थाइल्यान्ड र नेदरल्यान्ड्स आपसमा भिड्ने छन् । फेब्रुअरी ५ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच खेल हुनेछ ।
यसैगरी, फेब्रुअरी ६ तारिखमा नेपाल र थाइल्यान्डबिच खेल हुनेछ । फेब्रुअरी ७ तारिखमा नेदरल्यान्ड्स र थाइल्यान्डबिच खेल हुनेछ । क्यानका अनुसार, अंक तालिकाको पहिलो स्थानमा रहने टोलीलाई च्याम्पियन घोषणा गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण