च्याम्पियन्स ट्रफीसम्म रोहित नै भारतीय टोलीको कप्तान
नयाँ दिल्ली । रोहित शर्मा फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफीसम्म भारतीय टोलीको कप्तान रहने भएका छन् । रोहितको कप्तानीमा रहेको भारतीय टोलीको उपलब्धिलाई ध्यानमा राख्दै उनलाई अर्को मौका दिइएको हो ।
शनिबार र आइतबार मुम्बईमा भएको समीक्षा बैठकमा फास्ट बलर जसप्रित बुमराहलाई नयाँ भारतीय कप्तान बनाउने विषयमा पनि छलफल भएको थियो ।
एएनआईका अनुसार रोहितको कप्तानीमा धेरै अविस्मरणीय उतारचढावहरू भएका छन्। २०२३ को आईसीसी क्रिकेट विश्वकपमा लगातार १० जित होस् वा २०२४ मा बार्बाडोसमा भएको टी-२० विश्वकपको उपाधि जितेर भारतको पुनरागमन होस् । उनको नेतृत्वमा टोली विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पनि पुगेको थियो।
बीसीसीआई अधिकारीहरूले मुम्बईमा बोर्डर-गावस्कर ट्रफीमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गरिरहेका छन्। भारत ३–१ ले पराजित हुनुका साथै रोहितले ब्याटिङमा समेत प्रदर्शन गर्न नसकेपछि उनको कप्तानी समस्यामा परेको छ । भारतीय टोलीले १० वर्षपछि अस्ट्रेलियासँगको द्विपक्षीय शृङ्खला हारेको हो । टोलीको अन्तिम हार सन् २०१४ मा भएको थियो ।
यसअघि भारतीय टोलीले आफ्नै घरमा न्युजिल्याण्डसँग ३–० को लज्जास्पद हार बेहोरेको थियो । यी दुई पराजयपछि भारत विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ चक्रको फाइनलको दौडबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण