कृषि बीमामा चार वर्षमा साढे ५० करोड रुपैयाँ अनुदान
काठमाडौँ । सरकारले चार वर्षमा कृषि बीमामा करिब साढे ५० करोड रुपैयाँ अनुदान दिएको छ । आइतबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म गरी ५० करोड रुपैयाँ ४८ लाख ८३ हजार रुपैयाँ बीमामा अनुदान दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । चार वर्षमा २१ हजार २५५ कृषकले सो रकम अनुदान प्राप्त गरेका छन् ।
गत आर्थिक वर्षमा १४ सय ५८ कृषकले १३ करोड २४ लाख ०५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७५ सय ९० जना किसानले १४ करोड ९ लाख ४८ हजार रुपैयाँ किसानले अनुदान वापत प्राप्त गरेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७२ सय २२ जना किसानले १३ करोड ८९ लाख ५५ हजार रुपैयाँ कृषि बीमा अनुदान वापत प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा ४९ सय ८५ जना किसानले ९ करोड २५ लाख ७५ हजार रुपैयाँ कृषि बीमाबाट अनुदान रकम प्राप्त गरेको मन्त्रालयको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण