कोशी प्रदेशले माग्यो वन रक्षक पदमा आवेदन
काठमाडौँ । प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा ( खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा, शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर चार सय रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु १००।- (एक सय ) थप दस्तुर बुझाउनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति माघ २० गते र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नं. उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण