तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई
सोमबार, २९ पुस २०८१, ०७ : ३९
इस्लामाबाद । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्। मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन् ।’
इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । मलालाले मुस्लिम नेताहरूलाई तालिवानको नीतिमा 'इस्लामिक केही पनि' नभएको बताएकी छन्।
तालिबानले आफ्ना नीतिहरूमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको छ। २७ वर्षीया मलालालाई १५ वर्षको उमेरमा बालिका शिक्षाको विषयमा खुलेर बोलेको भन्दै तालिवानले टाउकोमा गोली हानेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण