चूडामणि शर्माको मुद्दा न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा पेसी
काठमाडौँ । भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको मुद्दा न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ।
कर फर्स्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भए पनि उनी सर्वोच्च पुगेका हुन् । सर्वोच्चले पहिलो सुनुवाइ गरेको छ भने फैसलाको सुनुवाइका लागि लामो समय देखि पेसी तोकिने र सुनुवाइ नहुने हुँदै आएको छ। यो विवादमा ६ थान मुद्दा दर्ता भएका छन् ।
शर्मासहितका प्रतिवादीहरूले बन्दी र पुनरावलोकन दर्ता गराएका छन् भने नेपाल सरकारका तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको छ । यी सबै मुद्दालाई एकै ठाउँमा राखेर पेसी तोकिएको छ। यसअघि सर्वोच्चले आवश्यक फाइल मगाउँदै नियमित रूपमा सुनुवाइ अघि बढाउने आदेश गरेको थियो ।
यसअघि भदौ ५ र १२ गते पनि अन्य आदेश भएको थियो । त्यसपछि अन्तिम सुनुवाइ गर्ने भन्दै असोज ६ गतेदेखि सुनुवाइ सुरु भएको थियो । उक्त इजलासले निरन्तर सुनुवाइ गर्दै असोज १० गते निसु समेत तोकेको थियो । तर उक्त इजलासले असोज १५ गते अन्य आदेश गरेर पन्छायो । उक्त आदेशपछि लगातार हेर्न नमिल्ने र हेर्न नभ्याइने हुँदै आएको मुद्दामा आज मात्र आदेश भएको हो ।
कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य सचिवको भूमिकामा रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ९ वर्ष कैद सजाय सुनाएको थियो । उनीहरूलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण