केन्द्रीय समिति बैठकपछि पहिलो पटक माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने सचिव देवेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए ।
पौडेलका अनुसार पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागिएको हो ।
आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।
यस्तै बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
यसैगरी अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने, पदाधिकारीदेखि सबै नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण