माओवादी केन्द्रको बैठक स्थगित
सोमबार, २९ पुस २०८१, १३ : ३९
काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक बस्नेछ ।
‘नेताहरूको जिम्मेवारी बाँडफाँट गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित बनाएर खटाउने विषयमा गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको हो’, रातोपाटीसँग शर्माले भने ।
मङ्सिर २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले सबै नेताहरू जिम्मेवारी दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण