कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
सोमबार, २९ पुस २०८१, १५ : ०८
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको छ ।
त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरु सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबारगते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल मिसन कंगोमा १ हजार १५१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण