कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
सोमबार, २९ पुस २०८१, १५ : ०८

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको छ ।
त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरु सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबारगते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल मिसन कंगोमा १ हजार १५१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?