महिला एसेज : इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियालाई एक दिवसीय शृङ्खला
मेलबर्न । महिला एसेज अन्तरगतको दोस्रो एक दिवसीय खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २१ रनले पराजित गरेको छ । योसँगै टोलीले तीन खेलको शृङ्खला २–० ले आफ्नो पक्षमा पार्न सफल भएको छ । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।
मंगलबार भएको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४८.१ ओभरमा १ सय ५९ रनमा अलआउट हुन पुग्यो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न एलाना किंग र किम गार्थले घातक बलिङ गरे ।
प्लेअर अफ द म्याच घोषित किंगले १० ओभर बलिङ गर्दै मात्र २५ रन खर्चेर ४ विकेट हात पारिन् । गार्थले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिइन् ।
इंग्ल्याण्डका लागि विकेटकिपर एमे जोन्सले नटआउट रहँदै ४७ रन बनाए पनि टोलीलाई जितसम्म डोर्याउन सकिनन् । नाट स्काइभर ब्रन्टले ५७ बलमा ३५ रनको योगदान दिइन् ।
कप्तान हेदर नाइटले १८ रन, माइया बाउसियरले १७ तथा एलिस क्यापसेले १४ रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कहट र एस्ली गार्डनरले १–१ विकेट लिए ।
यसअघि नाटकीय पतनपछि अस्ट्रेलिया ४४.३ ओभरमा १ सय ८० रनमा सीमित बनेको थियो । टोलीले मात्र ४९ रनमा ८ विकेट गुमाउन पुगेको थियो ।
अस्ट्रेलियालाई सस्तोमा समेट्नमा सोफी एक्लेस्टोनले १० ओभर बलिङ गर्दै ४ विकेट लिइन् । एलिस क्याप्सेले ७ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् ।
अस्ट्रेलियालाई फोबी लिचफिल्ड र कप्तान एलिसा हिलीले राम्रो सुरुवात दिलाएका थिए । दुवैले २९–२९ रन बनाए । १७.२ ओभरमा टोलीले दुवै ओपनर गुमाउँदा ९२ रन जोडेको थियो । तेस्रो विकेट गुमाउँदा टोलीले १३१ बनाएको थियो ।
तर, त्यसपछि टोलीको नाटकीय पतन सुरु भयो । एलिसे पेरीले ७४ बलमा ६० रन जोडेर एकतर्फ विकेट सम्हालिरहँदा अर्कोतर्फ विकेट एकपछि अर्को खस्दै गायो ।
एलाना किंगले १३ रन, बेथ मुनीले १२ रन तथा एनाबेल सदरल्याण्डले ११ रन जोड्न बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । इंग्लयाण्डका लागि लरेन बेलले २ तथा लरेन फिलरले १ विकेट हात पारे ।
अब तेस्रो तथा अन्तिम एक दिवसीय शुक्रबार होबार्टमा खेलिनेछ । त्यसपछि टोलीले ३ खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र एउटा टेस्ट खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण