'मस्कले टिकटक किन्न लागेको खबर कपोकल्पित'
वासिङ्टन डीसी । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसायी एलन मस्कले किन्न लागेको हल्ला चलेको छ । अमेरिकामा टिकटकमाथिको प्रतिबन्धबाट बच्न मातृ कम्पनी बाइटडान्सले १९ जनवरी भित्रमा आफ्नो अमेरिकी व्यवसाय बेचिसक्नु पर्नेछ । प्रतिबन्धबाट बच्न कम्पनीले मस्कलाई टिकटक बेच्ने विचार गरिरहेको भन्दै खबर आइरहेका छन् ।
बीबीसीलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्रोतलाई उद्धृत गर्दै समाचार पनि छापेका छन् । डोनाल्ड ट्रम्पको सरकारमा मस्क सामेल छन् । चीनमा पनि उनलाई मन पराउनेहरू छन् । यही कारणले गर्दा मस्कको माइक्रो ब्लगिङक कम्पनी एक्सलाई टिकटक बेच्ने विचार भइरहेको भन्दै ब्लुमबर्गले समाचार छापेको थियो । तर टिकटकले भने यो समाचारमा कपोकल्पित भनेको छ ।
अमेरिकी व्यवसाय नबेच्ने अडानमा बाइटडान्स छ । सम्भावित प्रतिबन्ध विरुद्ध टिकटकले अमेरिकाको सर्वोच्च अदालतमा अपिल पनि दिएको छ । तर अहिलेसम्म यसबारे अन्तिम निर्णय भएको छैन । मुद्दा विचाराधीन अवस्थामा छ ।
गएको महिना ट्रम्पले टिकटकको मुद्दामा फैसला ढिला गर्न सर्वोच्चलाई अनुरोध गरेका थिए । टिकटकका प्रमुख कार्यकारी अधिकारी शाउ जि चियूलाई फ्लोरिडास्थित निवासमा भेटेको एक हप्तापछि ट्रम्पले उक्त अनुरोध गरेका थिए । बीबीसीमा छापिएको समाचारबारे सोध्दा कपोकल्पित कुरामा टिप्पणी नदिने टिकटकका प्रवक्ताले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण