फस्टलुकमा यस्तो देखियो फिल्म ‘महाराजधिराज’
काठमाडौँ । माघे सङ्क्रान्तिको अवसर पारेर फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।
पोस्टरमा दुई जना कलाकार देखिएका छन् । एक जना राजर्षि पहिरनमा रहेको देखिन्छन् भने अर्का व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । राजर्षि पहिरनमा रहेका व्यक्तिले शिरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको सङ्केत गर्दछ ।
उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । फिल्ममा दुवै पात्र पल शाहले निभाएका छन् ।
परिच्छेद सेन निर्देशक रहेको फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । विराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए, भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
फिल्मको निर्मातामा निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्मको दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ । फिल्मको बारेमा विस्तृत जानकारी केहीपछि दिने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण