‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने

काठमाडौंँ । जुनिम गहतराजको निर्देशन रहेको फिल्म हो ‘ताण्डवम्’ । मंगलबार माघे सङ्क्रान्तिको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टरसहित प्रदर्शन मिति फागुन ९ सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । फिल्ममा कमल कार्की र गोपाल कटुवालको समेत अभिनय छ ।
जुनिम कलरिस्ट पनि हुन् । उनले यस फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म नाम जस्तै धार्मिक कनेक्सन रहेको निर्देशक जुनिम बताउँछन् । एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढाव फिल्मको कथा हो । फिल्म पारिवारिक कथामा एक्सन र थ्रिलर रहेको बताइन्छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाको छायाङ्कन, सम्राट् बस्नेतको एक्सन सुशान्त गौतमको संगीत फिल्ममा छ ।
निर्देशक जुनिमले ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ ः भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी फिल्ममा कलरिस्टको रूपमा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा एकतर्फी कालोपत्र चैतसम्ममा सक्ने लक्ष्य
-
निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य
-
प्रचण्डमाथि सूर्य थापाको कटाक्ष
-
डोनाल्ड ट्रम्पविरुद्ध सडकमा उत्रिए गोविन्द केसी
-
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दियो सहमति
-
कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी