काठमाडौँमा चैत १ गतेदेखि फ्लोरा एक्स्पो हुँदै
काठमाडौँ । पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले २६ औं फ्लोरा एक्स्पो २०८१ को आयोजना गर्ने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुने भएको हो ।
यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिनेछ।
मेलामा सहभागी हुने नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता, तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।
स्टल बुकिङ्गको प्रक्रिया माघ २ गतेदेखि सुरु हुनेछ। साधारण स्टलको क्षेत्रफल २४ वर्ग मिटर र अफिसियल स्टल ९ वर्ग मिटर क्षेत्रफलको हुनेछ। स्टल शुल्क फ्यानका सदस्यका लागि २५ हजार र गैरसदस्यका लागि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
फ्लोरा एक्स्पो २०८१ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण