राम्रो प्रदर्शन नगर्ने ५ प्रतिशत कर्मचारीलाई निकाल्दै फेसबुकको मातृ कम्पनी
वासिङ्टन डीसी । फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले विश्वभरबाट केही कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । यसमा कम्पनीमा सबैभन्दा कम प्रदर्शन गर्ने ५ प्रतिशत कर्मचारीलाई निकाल्न लागिएको कम्पनीले बताएको हो ।
आफूले कम्पनीका नियमित प्रदर्शनमा आधारित रहेर सबैभन्दा नराम्रो प्रदर्शन गर्ने कर्मचारीहरूलाई निकाल्ने क्रम तीव्र बनाउने निर्णय गरेको कर्मचारीहरूलाई पठाइएको मेमोमा कम्पनीका हाकिम मार्क जुकरबर्गले भनेका छन् । यसरी निकालिएको कर्मचारीको ठाउँमा यो वर्षको अन्त्यतिर नयाँ कर्मचारी राखिने पनि उनले बताएका छन् ।
विश्वभर मेटाका ७२ हजार कर्मचारी छन् । कुन श्रेणी वा स्थानमा कति कर्मचारी कटौती हुन्छ भन्नेबारे मेटाले कुनै जानकारी दिएको छैन । कम्पनीको यस निर्णयबाट प्रभावित अमेरिकामा काम गर्ने कर्मचारीले फेब्रुअरी १० भित्रमा यसको जानकारी पाउने मेमोमा जुकरबर्गले भनेका छन् । अमेरिका बाहिरका कर्मचारीलाई भने यसबारे पछि थाहा दिइनेछ ।
प्रदर्शनको स्तर मापन माथि उठाएको अनि सबैभन्दा नराम्रो प्रदर्शन गर्नेलाई छिटो छिटो कम्पनीबाट निकालिने पनि जुकरबर्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण