रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन

मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मादेखि यशस्वी जायसवालसम्मले घरेलु क्रिकेट खेल्ने तयारी गरेका छन् । हालै अस्ट्रेलियामा सम्पन्न ‘बोर्डर–गवास्कर शृङ्खला’मा नराम्रोसँग हारेपछि भारतीय खेलाडीमाथि दबाब बढेको छ ।
टेस्ट र एक दिवसीय क्रिकेटका भारतीय कप्तान रोहित शर्मा अस्ट्रेलियाविरुद्धको शृङ्खलामा त्यति फर्ममा देखिएनन् । अर्का सिनियर ब्याट्सम्यान विराट कोहलीले पनि खास प्रभाव देखाउन सकेनन् ।
सुनील गवास्कर, इरफान पठान लगायतका पूर्वक्रिकेटरले भारतीय क्रिकेट टिमका सिनियर खेलाडीहरूलाई घरेलु क्रिकेट खेल्न सुझाव दिएका थिए ।
हालै रोहित शर्मा, ऋषभ पन्त, यशस्वी जायसवाल, शुभमन गिल लगायतले रणजी ट्रफी (भारतको घरेलु क्रिकेट प्रतियोगिता) मा खेल्ने संकेत देखिएको छ ।
रोहित शर्माले रणजी ट्रफीकै तयारीका लागि टिमसँग अभ्याससमेत गरेका छन् । रोहितले मुम्बई टिमबाट रणजी ट्रफी खेल्न सक्छन् ।
भारतीय क्रिकेट टिमका अर्का प्रारम्भिक ब्याट्सम्यान यशस्वी जायसवाल पनि मुम्बई टिमकै खेलाडी हुन् । उनी रणजी ट्रफी अन्तर्गत आगामी म्याचमा मैदानमा देखा पर्ने जनाइएको छ ।
भारतीय टिमका विकेटकिपर÷ब्याट्म्यान ऋषभ पन्त २३ जनवरीदेखि राजकोटमा सौराष्ट्रविरुद्धको म्याचमा दिल्लीका तर्फबाट उपलब्ध हुने जानकारी गराइसकेको बताइएको छ ।
शुभमन गिल पनि पञ्जाब टिमबाट रणजी ट्रफी खेल्न सक्ने सम्भावना औँल्याइएको छ । तर, भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहली भने रणजी ट्रफीमा खेल्ने हो कि होइन भन्ने प्रस्ट भइसकेको छैन । कोहलीले सन् २०१२ यता रणजी ट्रफी खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष