रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन
मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मादेखि यशस्वी जायसवालसम्मले घरेलु क्रिकेट खेल्ने तयारी गरेका छन् । हालै अस्ट्रेलियामा सम्पन्न ‘बोर्डर–गवास्कर शृङ्खला’मा नराम्रोसँग हारेपछि भारतीय खेलाडीमाथि दबाब बढेको छ ।
टेस्ट र एक दिवसीय क्रिकेटका भारतीय कप्तान रोहित शर्मा अस्ट्रेलियाविरुद्धको शृङ्खलामा त्यति फर्ममा देखिएनन् । अर्का सिनियर ब्याट्सम्यान विराट कोहलीले पनि खास प्रभाव देखाउन सकेनन् ।
सुनील गवास्कर, इरफान पठान लगायतका पूर्वक्रिकेटरले भारतीय क्रिकेट टिमका सिनियर खेलाडीहरूलाई घरेलु क्रिकेट खेल्न सुझाव दिएका थिए ।
हालै रोहित शर्मा, ऋषभ पन्त, यशस्वी जायसवाल, शुभमन गिल लगायतले रणजी ट्रफी (भारतको घरेलु क्रिकेट प्रतियोगिता) मा खेल्ने संकेत देखिएको छ ।
रोहित शर्माले रणजी ट्रफीकै तयारीका लागि टिमसँग अभ्याससमेत गरेका छन् । रोहितले मुम्बई टिमबाट रणजी ट्रफी खेल्न सक्छन् ।
भारतीय क्रिकेट टिमका अर्का प्रारम्भिक ब्याट्सम्यान यशस्वी जायसवाल पनि मुम्बई टिमकै खेलाडी हुन् । उनी रणजी ट्रफी अन्तर्गत आगामी म्याचमा मैदानमा देखा पर्ने जनाइएको छ ।
भारतीय टिमका विकेटकिपर÷ब्याट्म्यान ऋषभ पन्त २३ जनवरीदेखि राजकोटमा सौराष्ट्रविरुद्धको म्याचमा दिल्लीका तर्फबाट उपलब्ध हुने जानकारी गराइसकेको बताइएको छ ।
शुभमन गिल पनि पञ्जाब टिमबाट रणजी ट्रफी खेल्न सक्ने सम्भावना औँल्याइएको छ । तर, भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहली भने रणजी ट्रफीमा खेल्ने हो कि होइन भन्ने प्रस्ट भइसकेको छैन । कोहलीले सन् २०१२ यता रणजी ट्रफी खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026