आशिका तामाङ पक्राउ
काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।
सोही पक्राउ अनुमति बमोजिम बुधबार उनलाई स्वयम्भु क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी प्रहरी वृत्त गौशालामा उपस्थित गराइएको छ । प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण