माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
बुधबार, ०२ माघ २०८१, १४ : ५१
काठमाडौँ । प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनको मिति सर्ने भएको छ । यही माघ १५ गते गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको कारण देखाउँदै केही दिन सार्ने तयारी गरेको हो ।
तर औपचारिक निर्णय केन्द्रीय समिति बैठकले गर्ने अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । ‘महाधिवेशनको मिति थोरै समय सर्छ । केन्द्रीय समिति बैठकले आधिकारिक निर्णय गर्नेछ’, सापकोटाले भने ।
अधिवेशन हुन बाँकी रहेका जिल्ला अधिवेशनहरूमा माघ २० भित्र सम्पन्न गरिसक्न सूचना जारी गरिसकेको छ । यस्तै राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको नाम माघ १० भित्र केन्द्रीय कार्यालयमा पठाउन र अनलाइन फर्म अनिवार्य रूपमा भर्ने अनुरोध गरिएको छ । एक सय १९ नयाँ कार्यसमिति छनोटका लागि करिब ८०० प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण