कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
काठमाडौँ । काजु र बदाम पछि धेरैले मन पराउने ड्राइ फ्रुट्स किसमिस हो । यसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जुन शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ ।
किसमिस तीन प्रकारका हुन्छन्: रातो, कालो र पहेँलो । अब तपाईंको मनमा यीमध्ये कुन चाँहि किसमिस सबैभन्दा स्वास्थ्यकर छ भन्ने प्रश्न उठिरहेको हुनुपर्छ ।
कालो किसमिस
कालो किसमिसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले रक्तचाप नियन्त्रण गर्छ र शरीरलाई ऊर्जा प्रदान गर्छ । यसलाई फलाम र अन्य पोषक तत्त्वहरूको समृद्ध स्रोत पनि मानिन्छ ।
पहेँलो किसमिस
पहेँलो किसमिसलाई सुनौलो किसमिस पनि भनिन्छ । यो अङ्गुरबाटै तयार पारिन्छ । स्वादिष्ट हुनुको साथै यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । यसले पाचन क्रिया पनि राम्रो राख्छ ।
रातो किसमिस
रातो किसमिस पनि अङ्गुरबाट बनाइन्छ । यो किसमिस निकै स्वादिष्ट हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्त्व पाइन्छ । यसमा भिटामिन सी, क्याल्सियम, आइरन, पोटासियम, फाइबर र अन्य आवश्यक पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीहरूलाई बलियो बनाउँछ । यसले छाला र कपालको पनि ख्याल राख्छ ।
अस्वीरकणः यो सामाग्री अनलाइनमा उपलब्ध स्रोतबाट तयार पारिएको हो । अधिक जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण