प्रचण्ड–माधवलाई विप्लवको प्रस्ताव : संसद् तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली सरकारविरुद्ध सदन र सडक दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रहेको, सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको सहभागी एक नेताले बताए ।
‘हामी अहिले संसदमा छैनौँ । मोर्चाका तीन दल संसदमा हुनुहुन्छ । अध्यादेशमार्फत ओलीजीले शासन गर्न खोज्नुभएको छ । त्यसलाई प्रतिवाद गर्नुपर्छ । तपाईंहरू संसद् तताउनोस्, हामी सडकमा साथ दिन्छौँ ।’
यस्तै उनले विगतमा तीन बुँदे सहमतिबाट ओली सरकार पछि हटेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । माघ १६ गते बस्ने बैठकले मोर्चालाई थप प्रभावकारी बनाउने गरी कार्यक्रम ल्याउने कार्यदल सदस्य तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण