त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबलाई जय ट्रफी
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । बिहीबार अन्तिम दिनको खेलमा १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मीलाई ७४ रनमा रोक्दै पुलिस विजेता बनेको हो ।
आर्मीलाई सस्तोमा समेट्न सागर ढकाल र ललित राजवंशीले घातक बलिङ गरे । ढकालले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए भने राजवंशीले १५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।
आर्मीका लागि ओपनर इमरान शेखले सर्वाधिक २८ रन जोडे । त्यसबाहेक कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११–११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पुलिसले पहिलो इनिङ्समा १ सय ३३ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, त्रिभुवन आर्मीले आफ्नो पहिलो इनिङ्समा १ सय ७० रन जोडेको थियो ।
नेपाल पुलिस क्लब दोस्रो इनिङ्समा १ सय ३९ रनमा सीमित बनेको थियो । प्रहरी आफ्नो दोस्रो इनिङ्समा ४९.१ ओभरमा अलआउट हुन पुग्यो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।
दिलिप नाथले ६२ बलमा ३४ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र १ छक्का प्रहार गरे । रासिद खानले १८ रन तथा अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसलाई सस्तोमा समेट्न शहाब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आलमले २५ ओभर बलिङ गर्दै ७५ रन खर्चिए । अहमदले २२.१ ओभरमा ४९ रन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण