ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् । बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरूको पुनर्निर्माण सम्पन्न भइसकेको बताए । उनले वातावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उनले बताए ।
प्रमुख महर्जनले स्मार्ट सिटी बनाउनका लागि कम्तीमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेको बताए । उनले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए ।
उनले भने, ‘हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौँ । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तीमा पनि १० प्रतिशत ठुला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन ।’
प्रमुख महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण