पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

मोरङ । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ ।
करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताए । उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उनको भनाइ छ ।
खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताए । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले बताए ।
वडाको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू