‘सारंग’ को टिजरमा पारिवारिक कलह, फिल्ममा के छ ?
काठमाडौँ । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’ माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले टिजर सार्वजनिक गरेको छ । झण्डै एक मिनेटको टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथी साथी बिचको प्रेम र समर्पणको विषय देखाउन खोजिएको छ । टिजरमा सहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको छ ।
कोरियोग्राफर समेत रहेका निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् थापा र आदित्य कार्कीको अभिनय छ ।
निर्देशक तामाङले फिल्म बाल मनोविज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थ कथा भएको बताए ।
स्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियोग्राफी छ । फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्म स्टेसन ५ ले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण