राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने योजना बनाइएको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र सम्बन्धि भएको छलफलमा कटेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कार्ड सबैतिर सुस्त भएको छ । पालिका तहबाट वितरण गर्ने योजना बनाएका छौँ । अहिले तनहुँमा गरिरहेका छौँ । त्यहाँ सफल भए दशभर लैजान्छौँ ।’ महानिर्देशक कट्टेलले राष्ट्रिय परिचयपत्रमा फर्केट डेटा कलेक्सन गर्न लागिएको समेत जानकारी दिए । उनले भने, ‘यसमा फर्केट डेटा कलेक्सन छ । हजुरबुबा र हजुरआमाको पनि डिटेल राखिन्छ, नाम नागरिकता नम्बर राखिन्छ ।’
उनले माघ भित्रमा ओपन टेन्डरमा जाने र सेवा प्रदायक छनोट गर्ने र केही क्रिटिकल काम बाहेक सबै नेपाल सरकारले गर्ने भन्ने मोडमा पुगिएको बताए । उनले भने, ‘अहिले यो सिस्टम हामीले चलाएका छौँ । तर, इन्जिनियरहरूले जागिर छोडेका छन् । उनीहरूलाई रिटेन गर्न सकेनौँ । इन्जिनियरलाई सुविधा दिएर राख्न सकिएन ।
उनले रातिको समय कार्ड छाप्ने इन्जिनियरहरूलाई सुविधा दिन नसक्दा त्यो छपाई बन्द भएको बताए । उनले सिस्टमबारे नागरिक आश्वस्त हुन नसक्दा अदालतमा ५ वटा मुद्दा परेको समेत बताए । उनले भने, ‘नागरिकलाई फाइदा बुझाउन सकिएन । यो हाम्रो चुनौती हो । हामीले डाटा सुरक्षित हुन्छ भन्ने बुझाउन सकिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण