क्रियाशील सदस्यता नवीकरणका लागि समय सीमा तोकेर कांग्रेसको परिपत्र
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसले तल्ला तहका समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय सीमा तोकेर परिपत्र गरेको छ ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरिएको समिति सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
सदस्य स्नेहीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम बुझाउनु पर्ने उल्लेख गरिएको छ।
समिति सदस्य रसाइलीका अनुसार माघ १४ गते प्रदेशसभा क्षेत्रीय समितिले पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने गरी समितिले परिपत्र गरेको छ ।
माघ ३ गरिएको परिपत्र अनुसार वडाले फागुन १ गते पालिका तहमा शुल्क सहित नामावली बुझाउनुपर्ने उल्लेख गरिएको रसाइलीले जानकारी दिए । यस्तै, फागुन १०भित्र पालिकाले प्रदेश सभा क्षेत्रीय समितिमा, क्षेत्रीय समितिले फागुन २० भित्र प्रदेश सभा क्षेत्रमा तथा प्रदेश सभाले फागुन मसान्त भित्र क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने उल्लेख छ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्क सहित पठाउन परिपत्र गरिएको रसाइलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण