विराटनगरमा प्रचण्डले मनिङ्वाक गर्ने, अरू कार्यक्रम के ?
विराटनगर । शुक्रबार साँझ विराटनगर आएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान ‘मनिङवाक’ गर्ने भएका छन् । प्रचण्ड शनिबार राती भने विराटनगर–१ पोखरियामा रहेको पार्टीका केन्द्रीय सदस्य जीवन आचार्यको घरमा बास बस्ने कार्यक्रम छ ।
आचार्य उनका कान्छा ज्वाई हुन् । छोरी र नातिनीसहित आएका प्रचण्डले शनिबार बिहान ६ देखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म मनिङवाक गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम सकेर प्रचण्ड विराटनगर १ मै रहेको पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा नास्ता खाने र बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै १२ः३० बजे खाना खाएर ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण