ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान
शनिबार, ०५ माघ २०८१, १६ : ३५
काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकाल आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।
यही जनवरी २० तारिकमा अमेरिकाको वाशिङ्गटन डिसीमा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सांसद ढकालसँगै उनकी पत्नी ब्लेसी गाडन ढकाल पनि अमेरिका प्रस्थान गरेकी छन् ।
पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापा साथै केन्द्रीय सदस्यहरू निला श्रेष्ठ, कामना भुसाल, अधिवक्ता बिष्णु गिरी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण