महिला विश्वकप क्रिकेट चलिरहँदा मैदानभित्र सर्प देखिएपछि !
काठमाडौँ । यतिबेला मलेसियामा महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगितामा नेपालसहित १६ वटा राष्ट्रले सहभागिता जनाइरहेका छन् ।
प्रतियोगिताको दोस्रो खेल शनिबार इङ्ल्यान्ड र आयरल्यान्डबिच खेलिएको थियो । वर्षाका कारण त्यो खेल अनिर्णित रुपमा सकिएको थियो । त्यसपछि दुबै टोलीले एक–एक अंक पाएका थिए ।
त्यो खेलका क्रममा एउटा अप्रत्यासित घटना भएको थियो । खेल भइरहेका बेला एउटा सर्प मैदानमा प्रवेश गरेपछि खेल केही सयम स्थगित गरिएको थियो ।
मैदानमा सर्प प्रवेश गरेको भीडीयो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैले सार्वजनिक गरेको छ । उक्त खेल जोहर बाहरुमा खेलिएको थियो ।
खेलको पहिलो पालीमा सर्प मैदानभित्र प्रवेश गरेको समाचारमा जनाइएको छ । सानो सर्प मैदानमा प्रवेश गरेपछि त्यतिबेला ब्याटिङ गरिरहेकी इङ्ल्यान्डकी खेलाडीले ब्याटले सर्पलाई पिचबाट बाहिर निकाल्ने प्रयास गरेकी थिइन् ।
इङ्ल्यान्डकी अर्की ब्याट्रले मैदानमा सर्प भएको कुरा अम्पायरलाई बताएपछि खेल केही सयम रोकिएको थियो । त्यसपछि अम्पायरले मैदानबाट सर्प निकाल्न बाहिरबाट कर्मचारीलाई बोलाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण