अर्थ
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०६ माघ २०८१, १० : ४३

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा