देशका १० सहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’
काठमाडौँ । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो ‘दुखी आत्मा’ । निर्माण युनिटले फिल्मको प्रचारका लागि ‘जोक जात्रा’ आयोजना गर्ने भएको छ ।
फिल्ममा रहेको ‘ब्रेकअप कविता’ले राम्रो चर्चा पाएपछि फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ टुर गर्न लागेको हो ।
टुर देशका विभिन्न १० सहरमा हुनेछ । माघ ६ गते नेपालगन्जबाट सुरु हुने टुर, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते बिर्तामोड, माघको २० गते इलाममा यो कार्यक्रम हुनेछ । मोफसल टुर सकेपछि काठमाडौँमा यो कार्यक्रम आयोजना हुनेछ । यो टुरमा फिल्मका कलाकारहरू पनि सहभागी हुनेछन् ।
माघको ६ गतेबाट सुरु हुने कार्यक्रम माघको २१ गतेसम्म चल्नेछ । ‘जोक जात्रा: स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो ।
यो कमेडी टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतीक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । उनीहरू सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति प्रस्तुत गरिसकेका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा हिमाल कडरियाले निर्माण गरेको फिल्म ‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण