‘माग्ने राजा’मा आर्यनको इन्ट्री
आइतबार, ०६ माघ २०८१, १४ : ३४
काठमाडौँ । फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो ।
फाल्गुन पहिलो सातादेखि फ्लोरमा जान लागेको फिल्म ऋषि लामिछानेले निर्देशन गर्दैछन् ।
फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’को पनि मुख्य भूमिका रहनेछ । वर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतको समेत अभिनय रहने फिल्म सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गर्दैछन् भने संगीत दीपक शर्माले तयार गर्दैछन् ।
करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो फिल्मलाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रूपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण