दिनेश त्रिपाठीको पक्षमा कानुन व्यवसायीहरूको विरोध प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार बार परिसर रामशाहपथमा सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टि बाँधेर विरोध आक्रमणको विरोध जनाएका हुन् ।
उनीहरूले वरिष्ठ अधिवक्तामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएका छन् । त्यस्तै कानुन व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरूले बताएका छन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सबै एकताबद्ध भएर कानुन व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्नुपर्ने बताए । कानुन व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने भएकाले सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
उनले कानुन व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथि लाग्न खोजेको ग्रहण भएको जिकिर गरे ।
त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन व्यवसायीमाथि भइरहेको आक्रमण रोक्न एकता आवश्यक रहेको बताए ।
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायिक प्रक्रियाको अभिन्न अङ्गको रूपमा रहेको कानुन व्यवसायीमाथिको आक्रमण उचित नभएको बताए । उनले उक्त घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।
गत बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय