वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ
आइतबार, ०६ माघ २०८१, १८ : ४९
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।
यसअघि दोलखा घर भएका ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिए ।
यही माग २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।
उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण