वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ
आइतबार, ०६ माघ २०८१, १८ : ४९

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।
यसअघि दोलखा घर भएका ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिए ।
यही माग २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।
उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना