राजनीति व्यापार नभई सेवा हो : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति व्यापार नभई सेवा भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेलामा सभापति बानियाँले मागी खाने र ठगी खानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताए ।
कांग्रेसको सिद्धान्त र विचार राम्रो भएकाले जनताको आकर्षण बढेको बताउँदै बानियाँले धेरै हण्डर र ठक्कर खाँदै प्रवासमा बसेर कर्म गर्दै नेपाल र नेपालीको सेवा गरिरहेकोमा उच्च प्रशंसा गरे ।
पछिल्लो २०६२/०६३ को जनआन्दोलनमा भारतमा रहेका नेपालका राजनीतिक दलहरूका भातृ सङ्गठनहरुलाई समेत आफ्नो विश्वासमा लिएर भारतमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्दै आन्दोलनमा सहभागी हुँदै इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गरेको उनको भनाइ छ ।
हरेक प्रजातान्त्रिक आन्दोलनमा प्रवासबाट टेवा पुर्याएको नेपाली जनसम्पर्क समिति भारतको विधि र विधान कांग्रेससँग सम्बन्ध रहेको उनले बताए ।
सभापति बानियाँले कार्यक्रममा नेपाल–भारत सम्बन्ध, बिपी बिचार, प्रवासीको समस्याबारे प्रकाश पारेका थिए । जनसम्पर्क समिति भारतको बिपी कोइरालाको प्रमुख आतिथ्यतामा सन् १९७६ जुन १३ विक्रम सम्बत (२०३३ जेठ १३) गते मुम्बईको महानगरीमा स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण