विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा भइरहेको तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ । त्रिभुवन विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको नाममा तालाबन्दी भइरहेको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो ।
प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना गर्न नहुने बताए ।
शिक्षा आर्जन गर्ने प्रक्रिया र शैक्षिक सेवा प्रवाहमा कहीँ कतैबाट कुनै पनि प्रकारको अवरोध सिर्जना हुनु हुँदैन भन्ने मान्यता रहेको बताए । अझै पनि विभिन्न पेसागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हडताल लगायतका गतिविधि कायमै रहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाए ।
आफ्नो हकको माग गर्दा आम विद्यार्थीको सुरक्षित र शान्तिपूर्ण वातावरणमा निर्बाध रूपमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध गर्ने गतिविधि नगर्न सचेत गराएको हो ।
शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हडतालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन हुने मन्त्रालयले जनाएको छ । यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा मन्त्रालय अपिल गरेको छ ।
त्यस्ता कार्यमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई समेत मन्त्रालयले अनुरोध गरेको छ । कुनै पनि शिक्षण संस्था तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थामा भइरहेका त्यस्ता गतिविधिको अन्त्य गर्नका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेको हो ।
शिक्षा प्राप्त गर्ने व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्दै संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न र शैक्षिक सेवा प्रवाहको निरन्तरता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण