स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह
काठमाडौँ । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासङ्घले आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका –२०८१’ जारी गरेको हो ।
सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गर्दै महासङ्घले आफ्ना सबै सदस्यहरूमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण