यू–१९ महिला टी–२० विश्वकप : नेपालले स्कटल्याण्डको सामना गर्दै
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डको सामना गर्दैछ । खेल वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार १२ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
पहिलोपटक यू–१९ विश्वकप खेलिरहेको नेपाली महिला टोली समूह डीमा रहेको छ । यो समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपाल एसिया रिजनल क्वालिफायरबाट प्रतियोगितामा छनोट भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् । प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसाकुमारी यादव रहेका छन् ।
यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण