यू–१९ महिला टी–२० विश्वकप : नेपालले स्कटल्याण्डको सामना गर्दै

काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डको सामना गर्दैछ । खेल वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार १२ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
पहिलोपटक यू–१९ विश्वकप खेलिरहेको नेपाली महिला टोली समूह डीमा रहेको छ । यो समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपाल एसिया रिजनल क्वालिफायरबाट प्रतियोगितामा छनोट भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् । प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसाकुमारी यादव रहेका छन् ।
यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै