नाइजेरियासँग स्तब्ध बन्यो बलियो न्युजिल्यान्ड
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नाइजेरियासँग अप्रत्यासित हार भोगेको छ । नाइजेरियाले न्युजिल्यान्डमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नाइजेरियाले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको थियो । प्रतिकूल मौसमका कारण खेल १३–१३ ओभरमा झारिएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नाइजेरियाका लागि लिलियन युडले सर्वाधिक १९ रन बनाएकी थिइन् । न्युजिल्यान्डकी बलर हनाह फ्रान्सिसले एक विकेट लिइन् । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि एनिका टोडले २७ बलमा १९ रन बटुलिन् । नाइजेरियाकी बलर पिस युसेनले एक विकेट लिइन् ।
समूह ‘सी’ तालिकामा दुई खेल खेलेको नाइजेरिया तीन अंकसहित पहिलो स्थानमा छ । नाइजेरिया हालसम्म अपराजित छ । यसअघि खेलिएको नाइजेरिया र समोआबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।
एक खेल खेलेको दक्षिण अफ्रिका दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले पनि न्युजिल्यान्डलाई २२ रनले हराएको थियो । एक खेल खेलेको समाआ एक अंकसहित तेस्रो र दुई खेल खेलेको अंकविहीन न्युजिल्यान्ड चौथो स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण