एकीकृत समाजवादीको वार्षिक आम्दानी ४ करोड २४ लाख, घाटा ३२ लाख

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०/०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको बताए ।
पौडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको पौडेलको छ । त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रुपैयाँ खर्च भएको छ भने ३२ लाख ८७ हजार १६४ रुपैयाँ पार्टी घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रमुख पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै