वीरगन्जको कृषि कारखाना सञ्चालन गर्न महावीर पुनले बेचे १ लाख ५५ हजार प्रति पुस्तक
सोमबार, ०७ माघ २०८१, १४ : १२
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ बिक्री गर्दै आएका छन्।
उनले देशभरका विभिन्न क्षेत्रमा हिँड्दै किताब बिक्री गर्दै आएका हुन्। उक्त सङ्ख्यामा किताब बेचेर उनले ११ करोड ६२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन्। प्रति पुस्तकको ७५० रुपैयाँ मूल्य तोकिएको छ।
सरकार र पुनको राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना चलाउने विषयमा सहमति भएको थियो। सोही आधारमा पुनले कारखाना सञ्चालन गर्दै आएका छन्।
उनलाई राज्यले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था नगरिदिएपछि किताब बेचेर कारखाना सञ्चालन गर्न खोजेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण