बलिउडमा डेब्यू गर्दैछन् गोविन्दाका छोरा
नयाँ दिल्ली । बलिउडमा स्टार किड्जहरूको प्रवेश नयाँ कुरा होइन । हालै अभिनेत्री रविना टन्डनकी छोरी राशा थडानी र अजय देवगनका भतिज अमन देवगनले ‘आजाद’ मार्फत बलिउडमा डेब्यू गरेका थिए ।
बक्स अफिसमा फिल्मले चमत्कार गर्न नसके पनि फिल्ममा राशाको नृत्य र अभिनयलाई फ्यानहरूले मन पराए । अब गोविन्दाका छोरा यशवर्धनले पनि बलिउडमा आफ्नो भाग्य कोर्ने प्रयास गर्दैछन् । यशवर्धन र इर्फान खानका छोरा बाबिलसँग एउटा फिल्ममा सँगै काम गर्न सक्ने बताइएको छ । फिल्मको शिर्षक अहिले तय भएको छैन ।
अल्लु अरविन्द र एसकेएन फिल्म्ससँगको सहकार्यमा मधु मन्टेनाले निर्माण गर्ने यो फिल्मलाई साई राजेशले निर्देशन गर्नेछन् । फिल्मका निर्माताहरूले नयाँ अनुहार चाहेको बताइएको छ । यसका कारण पनि पनि बाबिल खान र यशवर्धन आहुजाको नाम अगाडि आइरहेको भनिएको छ ।
फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी अझै जारी छ । कास्टिङ निर्देशक मुकेश छाबडा फिल्मका लागि नयाँ अनुहार खोजिरहेको बताइएको छ । यस फिल्मको लागि १४ हजारभन्दा बढी अडिसन भिडियोहरू आएको छ । २०२५ को गर्मी यामसम्ममा फिल्म फ्लोरमा जान सक्ने भएकोले बाबिल र यशवर्धनको अपोजिटमा नयाँ अभिनेत्रीलाई चाँडै फाइनल गरिने खबर छ ।
फिल्मको आधिकारिक घोषणा हुन बाँकी छ । यशवर्धन बलिउडका दिग्गज अभिनेता गोविन्दा र सुनिता आहुजाका छोरा हुन् । उनकी एक जेठी दिदी छिन् टीना । टिना पनि अभिनय क्षेत्रमै छिन् । तर उनको करियर खासै सफल भएन । बाबिलको कुरा गर्दा, उनले २०२२ को ‘कला’ बाट अभिनयमा डेब्यू गरेका थिए ।
अन्विता दत्तद्वारा निर्देशित यस फिल्ममा तृप्ति डिमरी र स्वस्तिका मुखर्जी मुख्य भूमिकामा थिए । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण